Explore the Radio Tinlal in shortly.

रेडियोको बारेमा

पृष्ठभूमिः
जिल्लाको समग्र सञ्चार विकासमा क्रियाशील यो एभरग्रीन सुनापती मिडिया प्रा.लि. रामेछाप विशुद्ध रुपमा सामाजिक क्षेत्रमा कार्यरत संस्था हो । यस मिडिया प्रा.लि.को माध्यमबाट रेडियो स्थापना गरी सञ्चालनमा रहेको यो जिल्लाकै पहिलो व्यवसायिक रेडियो, रेडियो तीनलाल एफएम ८८.६ मेगाहर्ज समग्र रामेछापेली जनताको ढुकढुकी बन्न सफल भएको छ । व्यवसायिक उद्देश्यका साथ खोलिएको रेडियो भएपनि यस रेडियोले स्थापना कालदेखि नै स्वतन्त्र तथा समाजमुखी कार्यक्रमहरु प्रसारण गर्दै आएको छ । यस रेडियोको मुख्य लक्ष्य समाजका विषय र सवालमा बहस गर्नु नै हो । आजको युगमा सञ्चारको महत्वलाई आत्मासात गर्दै जिल्लाको सञ्चार अभावलाई परिपूर्ति गर्न जिल्लाकै श्रोत तथा साधनबाट स्थापित यस रेडियोमा दक्ष तथा अनुभवी रेडियोकर्मीहरु कार्यरत रहेका छन् । जिल्लामा ओझेलमा रही प्रचारप्रसारको अभावमा फस्टाउन नसकेको व्यवसायलाई प्रोत्साहन गर्दै लक्ष्य अनुरुप आर्थिक आम्दानी गराउने स्वच्छ लक्ष्य हामीले आत्मासात् गरेका छौँ । सूचनाको पहुँचलाई सर्वसुलभ गराउँदै हामी सम्पूर्ण जिल्लाबासीहरुको आवाज बोल्नेछौँ । जिल्ला सदरमुकाम मन्थली नगरपालिका वडा नं. १ स्थित मन्थलीको बीच बजारमा स्टुडियो भई सञ्चालनमा रहेको यस रेडियोको टावर सामुद्रिक सतहदेखि करिब २ हजार मिटर उचाइमा रहेको रामेछाप नगरपालिका वडा नं. ७ स्थित भालुखोप डाँडामा छ । यो रेडियो रामेछापसहित करिब २५ जिल्लामा सुन्न सकिन्छ ।
लक्ष्यहरुः
दुर्गम, ग्रामीण तथा शहरी क्षेत्रका सबै श्रोता तथा जनताहरुमा सजह सूचनाको पहुँच विस्तार गरी विशेषतः पछाडी पारिएका महिला, दलित, अपाङ्गता भएका व्यक्ति, जनजाति, सीमान्तकृत समुदायको अधिकारलाई सुनिश्चितता एवम् कार्यान्वयन गराउने पक्षमा सदैव वहस, पैरवी, वकालत, चेतनामूलक र सिर्जनात्मक सूचना तथा कार्यक्रमको माध्यमबाट विकासको मूल प्रवाहमा ल्याउनु रेडियो तीनलाल एफएम ८८.६ मेगाहर्जको लक्ष्य हो ।
हाम्रा उद्देश्यहरुः
सूचनाको पहुँचलाई सर्वसूलभ बनाउने ।
प्राकृतिक श्रोत तथा साधनलाई समय सापेक्ष उपयागिताको बारेमा जानकारी गराउने ।
स्थानीय तह तथा सरकारी निकायले गर्ने विकास निर्माणका कार्यले समाजमा पार्ने प्रभावका बारेमा स्वतन्त्र पैरवी गर्ने ।
नयाँ उत्पादन प्रविधिका बारेमा खोजमूलक कार्यक्रमहरु बनाई तिनीहरुको प्रवद्र्धन गर्ने ।
कृषिमा भित्रिएका आधुनिक प्रविधिको प्रयोगका लागि प्रोत्साहन गर्ने ।
राष्ट्र निर्माणका लागि नागरिकलाई वलियो बनाउने ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्म शासन व्यवस्थाको संस्थागत विकासमा सहयोग पुग्ने गतिविधिहरु सञ्चालन गर्ने ।
विविध मनोरोञ्जनात्म कार्यक्रमहरु निर्माण तथा प्रसारण गर्ने ।
नेपालको परम्परागत धार्मिक, साँस्कृतिक कला तथा संकृतिको संरक्षण र संवद्र्धनमा महत्वूर्ण योगदान पु¥याउने ।
खनिज सम्पदाको उत्खनन्मा स्वतन्त्र पैरवी गर्ने ।
दबिएका आवाजहरुलाई सूचना, समाचार र कार्यक्रमका माध्यमबाट आम नागरिक र सम्बन्धित निकायमा पु¥याउने ।
धर्म, संस्कृति र परम्पराका नाममा समाजमा चल्दै आएका कुप्रथा, कुरीति, विभेद र कुसंस्कार अन्त्य गर्न जोड दिने ।
संस्करित, सुशासन, समतामूलक र संमृद्ध समाज निर्माणमा निरन्तर बहस, पैरवी गरिरहने ।
पछाडि पारिएका समुदायको लागि बौद्धिक, प्राविधिक र व्यवहारिक ज्ञान प्रसार गर्ने ।