Explore the Radio Tinlal in shortly.

खोप अभियानबाट खोप लगाउन छुटेका नागरिकहरुलाई जुनसुकै बेला खोप लगाउन सकिन्छ: स्वास्थ्य कार्यालय

माघ २१

रामेछाप– स्वास्थ्य कार्यालय रामेछापले कोभिड–१९ कोरोना भाइरसविरुद्धको खोप अभियानबाट खोप लगाउन छुटेका नागरिकहरुलाई अहिले पनि खोप लगाउन सकिने बताएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले यसअघि सञ्चालन भएका खोप अभियानबाट खोप लगाउन छुटेका नागरिकहरुलाई अहिले पनि कोभिड–१९ विरुद्धको खोप लगाइने बताउनुभयो । पछिल्लो समय यही माघ ६ गतेदेखि १० गतेसम्म कोभिड–१९ विरुद्धको खोप बुस्टर डोजको खोप अभियान सञ्चालन भएको थियो भने दोस्रो चरण अन्तर्गत १३ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको थियो । जनस्वास्थ्य अधिकृत थापाका अनुसार दुई नगरपालिका र ६ वटा गाउापालिका गरी आठ वटा स्थानीय तह रहेको रामेछापमा अहिले एक/दुई वटा पालिका बाहेक अन्य सबै पालिकाहरुमा खोप अभियान बन्द भएका छन् । उक्त खोप अभियानबाट खोप लगाउन छुटेका नागरिकहरुले खोप लगाउन सम्बन्धित पालिकामा सम्पर्क गरेर जुनसुकै समयमा अहिले पनि खोप लगाउन सक्ने उहााले बताउनुभयो । उहााका अनुसार सम्बन्धित वडा तथा पालिकामा खोप अभाव भएमा सिधै स्वास्थ्य कार्यालय रामेछापमा फोन गर्न सकिनेछ । नागरिकताको अभावमा खोप अभियानबाट समावेस हुन पाइादैन होला भन्ने भ्रम पालेर नबस्न समेत उहााले सबैलाई आग्रह गर्नु भएको छ । जनस्वास्थ्य अधिकृत थापाले अहिले नागरिकता नभएका व्यक्तिको हकमा वडा कार्यालयको सिफारिस वा जन्मदर्ताको प्रमाण पत्रको आधारमा पनि खोप लगाउन सकिने बताउनु भएको छ । जिल्लामा हालसम्म एक लाख ६ हजार ९९० जनाले कोभिड–१९ विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने ९७ हजार ४९५ जनाले पूर्ण मात्रामा खोप लगाएका छन् ।

Comments are closed.