Explore the Radio Tinlal in shortly.

नेवि संघ रामेछापको विवाद कायमै,अध्यक्ष अधिकारीको राजिनामा माग, आफना माग पुरा नभए कुनै पदमा नबस्ने चेतावनी ।

0

भदौ २१ रामेछाप ।
नेपाल विधार्थि संघ रामेछापको विवाद कायमै रहेको छ । सो संघका अध्यक्ष शुुशिल अधिकारीले संघको विधि र विधानलाई लत्याउृदै अवैधानिक गतिविधि गरेको भन्दै पदाधिकारी सहितका केहि सदस्यहरुले विरोध जनाएपछि विवाद उत्पन्न भएको छ ।
साथै जिल्ला अध्यक्ष अनैतिक र गैरजिम्मेवार भएको आरोप लगाउद्रै राजिनामाको माग गरेका छन् । आफुहरुले विद्रोह गरेपनि यसको अहिेले सम्म सम्बोधन नभएको नेवि संघका कोषाध्यक्ष युवराज सुवेदिले बताए । एक विज्ञप्ति मार्फत निज अध्यक्षलाई अध्यक्ष मान्न नसकिने र आवश्यक कार्वाही गरी पदमुक्त गराइृ पाउ भनी नेपाली काङग्रेस जिल्ला कार्य समिति रामेछाप,नेवि संघ केन्द्रिय समितीलाई ज्ञापन पत्र बुझाएको छ । आफना माग सम्बोधन नभए नेवि संघ रामेछापको कुनैपिन पदमा नबस्ने उनिहरुले चेतावनी समेत दिएका छन् ।

यस्तै,अध्यक्ष अधिकारी १४ औ महाधिवेशनमा प्रदेशको महादिवेशनमा पराजित भएर स्वतः पद रितm भएपनि सस्ंथा प्रतिको विधि ,विधानको पालना नगरी आफनो जिम्मेवार समेत पुरा नगरेको,कुनै पनि शैक्षिक संस्थाको आन्दोलनमा विधार्थी भात ृसंस्थाले पुरा गर्नुपर्ने कर्तब्य पुरा नगर्ने जस्ता कार्य गरेको ,जिल्लामा अध्यक्षले गर्नुपर्ने कुनैपनि कार्य नगरी काठमाडौमा बसी आफनो माउ पार्टिका जिल्ला सभापति कान्छाराम तामाङले फोन गर्दा समेत रेस्पोन्स नगर्ने गरेको,नेवि संघको पदाधिकारी विचमा कुनै मिटिङ र छलफल नगरी सह– सचिव विमल पौडेललाई उपाध्यक्ष बनाइएको र क्षेत्रको पदाधिकारी प्रज्वल बुढाथोकीलाई सचिव बनाइएको लगायत आरोप विज्ञप्ति मार्फत लगाएका छन् ।

यस्तै,संघका अध्यक्ष अधिकारीले प्रभाकर ढुङगेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपनि विभिन्न ब्यतिmहरको दवाब र धम्कीले निर्णय फिर्ता लिएको सदस्यहरुले आरोप लगाएका छन् । अध्यक्ष अधिकारीले लेटर प्याड र छापको दुरुपयोगको लान्छना लगाई ब्यतिmगत चरित्र हत्या गर्ने उदेश्यले विज्ञप्ति निकालेको प्रति पनि आफुहरुको गम्भिर आपत्ति रहेको जारी विज्ञप्तिमा उल्लेख गरिइएको छ ।

Leave A Reply

Your email address will not be published.