Explore the Radio Tinlal in shortly.

७८४ जना म्यादी प्रहरीको कोटामा १ हजार ६७५ जनाको आवेदन, आइताबारबाट भर्ना छनौट गरिँदै

0

२०७८ चैत १३, आइतबार
रामेछाप – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरी बन्न रामेछापमा माग भन्दा दोब्बर बढी आवेदन परेको छ । रामेछापबाट ७ सय ८४ जना छनोट गरिने भएपनि जिल्ला प्रहरी कार्यालय रामेछापमा पाँच दिनको अवधिमा १ हजार ६७५ जनाले आवेदन दिएका हुन् । प्राप्त आवेदन मध्येबाट अब प्रहरी प्रधान कार्यालयबाट तोकिएको ७८४ जनाको छनोट गर्नेछ । माग भन्दा दोब्बर बढीको संख्यामा आवेदन परेको बताउँदै आवेदनबाट आवश्यक संख्या छनोट गरिने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले बताउनुभयो । म्यादी प्रहरी बन्नका लागि १ हजार ३०६ जना पुरुष र ३६९ जना महिलाहरु आवेदन दिएका छन् । प्रहरीले आइतबार बाट भर्ना छनोट गरी २२ गते अन्तिम नतिजा सार्वजनिक गरेर २८ गतेबाट तालिम सुरु गर्नेछ । म्यादी प्रहरीले चालिस दिन खटिए बापत ४३ हजार ४४० रुपैयाँ एकमुष्ट तलब भत्ता पाउने छन् । रामेछापमा तालिम गरिएका म्यादी प्रहरीलाई अन्य जिल्लामा खटाइने भएको छ ।

Leave A Reply

Your email address will not be published.