२१ फागुन २०७८
रामेछाप – रामेछापको मन्थली नगपालिकाका नगरप्रमुख रमेश वस्नेतले राज्यको तीन खम्बे अर्थनीतिको परिधिभित्र रहेर उद्योगहरुले उत्पादमा जोड दिनुपर्ने बताउनु भएको छ ।

रामेछाप उद्योग वाणिज्य संघले आफ्नो २९ औँ दोस्रो स्थापना दिवसको अवरमा मन्थलीमा आज भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमखु वस्नेतले यस्तो बताउनु भएको हो । सरकारको तीन खम्बे अर्थनीति सरकार, सहकारी र निजी क्षेत्रसँग सहकार्य गरी उद्योगहरुले कुटिल उद्योग स्थापना गरी उत्पादनमुखी विकासमा जोड दिनुपर्ने बताउनुभयो । नागरिकको सेवा र समृद्धि प्राप्तिको लागि कुटिल उद्योग स्थापना गरी कृषि, पशुपालन लगायतका क्षेत्रमा लगानी बढाउनु पर्ने उहाँले बताउनुभयो । त्यसका लागि नगरले आर्थिक र नीतिगत सुधारको लागि पर्याप्त सहयोग गर्ने उहाँले बताउनुभयो । यसैबीच, जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले संघले हालसम्म प्राप्त गरेका सफलता र उपलब्धीहरु प्रशंसनीय रहेकोे बताउनुभयो । रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पशुपति खड्काले उत्कुष्ट संस्था निर्माणका लागि अहोरात्र खट्नुपर्ने बताउनु भएको छ ।
आफ्नो दश वर्षे कार्यकालमा संस्थागत सफलता प्राप्तिका लागि निरन्तर खटेर काम गरेको स्मरण गराउँदै पूर्व अध्यक्ष खड्काले संस्थागत विकासका लागि निजी फाइदा र स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभयो । त्यसका लागि सरकारसँगको साझेदारीमा काम गर्नुपर्ने र चुनौतीहरुलाई चिरेर अघि बढ्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
