२१ फागुन २०७८
रामेछाप – स्थापनाको २९औँ वसन्त पार गरेको अवसरमा रामेछाप उद्योग वाणिज्य संघले शनिबार २९औँ दोस्रो स्थापना दिवस मनाएको छ । सदरमुकाम मन्थलीमा शनिबार बिहान एक कार्यक्रमको आयोजना गरी संघले आफ्नो स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसका अवसरमा स्थापनाकाल पश्चात संघको लागि अतुलनीय योगदान पु¥याउनु हुने पदाधिकारी तथा सदस्य एवम् कर्मचारीलाई कदर पत्रसहित सम्मान गरेको छ । संघले संघका पूर्व अध्यक्ष एवम् विशिष्ट सदस्य पशुपति खड्का, संघका पूर्व महासचिव जगन्नाथ दाहाल, संस्थापक अध्यक्ष प्रज्वल कुमार बज्राचार्य, सदस्यहरु लोक बहादुर श्रेष्ठ, तुलसीदास उदाश, निरज श्रेष्ठ व्याञ्जु, राजेन्द्र केसी, यम बहादुर रानामगर, रामनाराय श्रेष्ठ, चेत बहादुर खड्का, कृष्णप्रसाद ढुङ्गेल, उत्तमराज भट्टराई, नारायण प्रसाद पौडेल र दामोदर थापा लगायका व्यक्तिहरुलाई सम्मान गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहनु भएका मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार वस्नेतले संघकोतर्फ बाट कदर पत्र प्रदान गर्नुभएको थियो । यस्तै, कर्मचारीतर्पm संघको लेखा प्रशासन सहायक सङ्गिता श्रेष्ठ सम्मानित हुनु भएको छ । उहाँलाई कदर पत्र र नगदसहित सम्मान गरिएको हो । कार्यक्रमको अध्यक्षता रोमछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव घिमिरेले गर्नु भएको थियो ।
