Explore the Radio Tinlal in shortly.

विना भ्याविलको १ सय ३ बोरा रासायनिक मल ल्याउने ट्रक र चालक पक्राउ

0

२०७९ बैशाख २६
जिल्ला प्रहरी कार्यालय रामेछापले विना भ्याविलको मल नियन्त्रणमा लिएको छ । प्रहरीले लिखुतामाकोशी गाउँपालिकाबाट सोमबार अपराह्न ३ः०० बजे १ सय ३ बोरा रासायनिक मल नियन्त्रणमा लिएको हो ।
रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं. ४ बस्ने धनबहादुर तिमिल्सिनाको मनिस स्टोर एण्ड सप्लायर्सको लागि प्रदेश ३–०१–००५ ख ९८५२ नम्बरको ट्रकमा ल्याएको विना भ्याट विलको युरिया ९२ बोरा र डिएपी १० बोरा गरी जम्मा १ सय ३ बोरा मल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । विना भ्याट विलको मल ओसापसार गर्ने ट्रक र चालक सोही गाउँपालिका वडा नं. ७ बस्ने २० वर्षीय आकाश सुनुवारलाई नियन्त्रणमा लिइएको सूचना अधिकारी प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त ट्रकमा भ्याट विलसहितको ६० बोरा सिमेन्ट र ३ बण्डल जस्तापातासमेत रहेको थियो ।

Leave A Reply

Your email address will not be published.