२०७८ बैशाख १२
रामेछाप- भरुवा बन्दुकसहित रामेछापको मन्थली नगरपालिकास्थित फुलासीका एक पुरुष पक्राउ परेका छन् । घरमा भरुवा बन्दुक लुकाईछिपाई राख्ने मन्थली नगरपालिका वडा नं. १४ फुलासीका श्यामभक्त तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले आफ्नै घरमा भरुवा बन्दुक राखेको भन्ने विशेष सूचनाको आधारमा उनको घर खानतलासी गर्दा घरको भुई तलाको कोठाको खाटमुनी एक थान भरुवा बन्दुक लुकाईछिपाई राखेको अवस्थामा फेला परेपछि तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । यही वैशाख ९ गते अपराह्न ३ः०० बजेको समयमा पक्राउ परेका तामाङलाई उनकै घर आँगनबाट पक्राउ गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले बताउनुभयो । अहिले सम्मानित जिल्ला अदालत रामेछापबाट पाँच दिनको म्याद थप गरी हात हतियार खरखजनासम्बन्धी कसूरमा अनुसन्धान भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।