रामेछापको उमाकुण्ड गाउँपालिका वडा नंं. ३ को वडा अध्यक्ष पदको लागि नेपाली काँग्रेसकोतर्फ बाट उम्मेदवारी दिनुभएका वडा अध्यक्षका उम्मेदवार रमेशकुमार सुनुवारसहित तीन जनामाथि साङ्घातिक आक्रमण गरेका छन् । उमाकुण्ड गाउँपालिका वडा नं. ३ कुभुकास्थलीको वडा अध्यक्षको लागि राप्रपाबाट उम्मेदवारी दिएका पवित्र कुमार सुनुवार र सोही पार्टीबाट वडा सदस्यमा उम्मेदवारी दिएका गणेश बहादुर कार्की, काँग्रेसका असन्तुष्ट पक्षका दुई जना छविन्द्र कार्की र कृष्ण बहादुर कार्की र एमालेका वडा सदस्यका उम्मेदवार बिक्रम सुनुवारसहितको संयुक्त टोलीले गएराति वडा अध्यक्षका उम्मेदवार सुनुवारसहित चार जनामाथि साङ्घातिक आक्रमण गरेका हुन् । गएराति काँग्रेसको असन्तुष्ट पक्ष, राप्रपाका उम्मेदवार र एमालेका उम्मेवार तथा पार्टी अन्य कार्यकर्तासहितको संयुक्त टोलीले गएराति वडा अध्यक्षका उम्मेदवार सुनुवारमाथि खुकुरी प्रहारी गरेका थिए भने अन्य तीन जनामाथि कोदालो, चिरपट र लाठी प्रहार गरेको थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका सुनुवारको टाउकोमा पाँच टाका लगाइएको छ । यस्तै, गत स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर आएका वडा सदस्यमाथि उनीहरुले कोदालो प्रहार गरेका थिए । अन्य दुई जनामाथि उनीहरुले चिरपट र लाठी प्रहार गरी घाइते बनाएका घाइते वडा अध्यक्षका उम्मेदवार रमेश कुमार सुनुवारले बताउनुभयो । घाइते चारै जना बाम्तीमा रहेको स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किसकेका छन् । मौन अवधिको समयमा रातको ११ः०० बजे काँग्रेसका असन्तुष्ट पक्ष छविन्द्र कार्की र कृष्ण बहादुर कार्कीले राप्रपा उम्मेदवारलाई भोट माग्दै गरेको भन्ने सूचनाका आधारमा आफूहरु सम्बन्धित स्थलमा पुग्दा उनीहरुसँग भेट भएको वडा अध्यक्षका उम्मेदवार सुनुवारले बताउनुभयो । सुरुमा मौन अवधिमा किन यसरी भोट माग्दै हिड्नु भएको, आउनुस् बसेर छलफल गरौँ भन्दा उनीहरुले त्यस्तो केही होइन भनेर प्रतिक्रिया दिएको उहाँले बताउनुभयो । त्यसपछि काँग्रेसको असन्तुष्ट पक्ष, एमाले र राप्रपाका उम्मेदवार तथा पार्टीका अन्य कार्यकर्तासहितको टोली भेला भएर लाठी, मुङ्ग्रो, भालासहितको टोली बोकेर आएका उहाँले बताउनुभयो । त्यसपछि बसेर छलफल गरौँ भन्दा किन हामीलाई छेकेको भन्दै राप्रपाको वडा अध्यक्षका उम्मेदवार पवित्र कुमार सुनुवारसहितको टोलीले आफूहरुलाई खुकुरी प्रहार गरी आक्रमण गरेको रमेश कुमार सुनुवारले बताउनुभयो । राप्रपा, एमाले र काँग्रेसको असन्तुष्ट पक्षले भौतिक कारबाही गरेर भएपनि आफूलाई निर्वाचनमा हराउने योजनाको बनाएको दाबी गर्दै वडा अध्यक्षका उम्मेदवार रमेश सुनुवार त्यसै योजनाबमोजिम आफूहरु माथि आक्रमण भएको बताउनुभयो । यस घटनामा काँग्रेस असन्तुष्ट पक्ष अन्यको पनि संलग्नको रहेको उहाँले जिकिर गर्नुभयो । राप्रपा वडा अध्यक्षका उम्मेदवार पवित्र सुनुवार र प्रदिप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको उहाँले बतानुभयो । अन्य चार जना फरार रहेको रमेश सुनुवारले जानकारी दिनुभयो । थप कुरा प्रहरीको अनुसन्धानपछि खुल्ने उहाँको भनाई थियो ।