Explore the Radio Tinlal in shortly.

रामेछापको लिखु खोलामा विष्पोटक पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा एक पुरुष घाइते, घटनामा संलग्न तीन जना प्रहरीको नियन्त्रणमा

0

१० चैत्र २०७८
रामेछाप – रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको हिमगंगास्थित लिखु खोलामा माछा मार्ने क्रममा प्रयोग गरिएको विष्पोटक पदार्थ एक्कासी पड्किदा घाइते भएका एक पुरुषको उद्दार गरी अन्य तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिबार बिहान करिब साँढे ८ः०० बजे रामेछाप नगरपालिकाको वडा नं. ४ धारापानी बसेरीस्थित लिखु खोलामा माछा मार्ने क्रममा प्रयोग गरिएको विष्पोटक पदार्थ अचानक विष्फोट हुँदा घाइते भएका सोही स्थानका ३५ वर्षीय टुक बहादुर श्रेष्ठलाई उद्दार गरेको हो । माछा मार्नको लागि प्रयोग गरिएको विष्पोटक पर्दाको छर्राले लागेर घाइते हुनुभएका श्रेष्ठलाई स्थानीय मेडिकल साँघुटारमा सामान्य उपचारपछि थप उपचारका लागि बिहिबार बिहान करिब ११ः०० बजेपछि थप उपचारका लागि डाइनेस्टिक एयरको हेलिकोप्टरमार्फत काठमाडौँस्थित टिचिङ अस्पताल पठाइएकोमा साँढे ११ः०० बजे अस्पतालमा पु¥याइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । माछा मार्ने क्रममा एक्कासी पड्किएको विष्पोटक पदार्थको छर्राले लागेर घाइते भएका श्रेष्ठको बाँया हातको तीन वटा औला, अनुहार र घाटीमा चोट लागेको छ । प्रहरीका अनुसार घाइते श्रेष्ठको अवस्था मध्यम रहेको छ ।
विष्पोटक पदार्थको प्रयोग गरी अवैध रुपमा खोलामा माछा मार्ने सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ५ बस्ने बुद्ध लामा, सोही स्थान बस्ने २९ वर्षीय निल लामा र सोही नगरपालिकाको वडा नं. ४ बस्ने ५२ वर्षीय राम बहादुर वि.क. लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशङ्क श्रेष्ठले बताउनुभयो । यस प्रहरी चौकीबाट गएको प्रहरी सहायक निरीक्षकको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । घटनबारे थप अध्ययन गर्न जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक (डिएसपी) को कमाण्डमा गएको ६ जनाको टोलीले घटनाबारे अनुसन्धान गरी प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई मन्थली ल्याएको छ । पक्राउ परेका तीन जनालाई अहिले जिल्ला प्रहरी कार्यालय रामेछापको प्रहरी हिरासतमा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.