Explore the Radio Tinlal in shortly.

सोलुखुम्बुमा सकेट बम फेला

0

३ फागुन २०७८

रामेछाप– सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका २ बेनीको फेरा भन्ने ठाउँमा एउटा सकेट बम फेला परेको छ ।

स्थानीयवासीले बारीमा काम गर्ने क्रममा मंगलबार दिउँसो बम देखेपछि प्रशासनलाई खबर गरेका थिए । बम फेला पारिएको क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको प्रशासनले जनाएको छ ।

यस्तै बम डिस्पोज गर्न ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो । निकै पुरानो जस्तो देखिने त्यो बम सशस्त्र द्वन्द्वकालीन समयमा लुकाइएको हुन सक्ने प्रहरीको अनुमान छ । केहीबेरमा बम डिस्पोज गरिने प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.