२२ फागुन २०७८
रामेछापमा ट्याक्टर दुर्घटना हुँदा तामाकोसी नदीमा वेपत्ता भएका चालक सरोज माझीको शव फेला परेको छ । दुर्घटनापछि नदीमा बेपत्ता माझीको शव केहीबेर अघि मात्र सोही स्थानमा भेटिएको हो ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र स्थानीय माझी समुदायको सहयोगमा खोजतलास गर्ने क्रममा घटनाभएकै स्थलबाट उनको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले खोजी गर्ने क्रममा हुकको सहयोगमा घटनास्थलबाट चालक माझीको शव फला परेको बताउनुभयो । आज दिउसो मन्थली नगरपालिका–७ स्थित मध्य लोकमार्गको आकाशे भन्ने स्थानमा मन्थलीबाट.भटौलीतर्फ जादै गरेको ज.१.त.८३१८ नं.को खाली ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका सह–चालक खाँडादेवी गाउँपालिका–४ रजगाउँका १९ बर्षिय रमेश माझीलाई जीवितै उद्धार गरिएको थियो । प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । मन्थली नगरपालिका–२ करमबोट बस्ने बर्ष २२ को सरोज माझीको भने मृत्यु भएको छ ।
रामेछापमा ट्याक्टर दुर्घटनाः वेपत्ता माझीको शव भेटियो
Prev Post
Next Post