Explore the Radio Tinlal in shortly.

रामेछापमा बुधबार २८ औँ तामाङ प्रसारण दिवस एक कार्यक्रमका साथ सम्पन्न

0

२०७९ भद्रा ०१
रामेछापमा
रामेछापमा २८ औँ तामाङ प्रसारण दिवस मनाएका छन् । बुधबार तामाङ भाषाको समाचार प्रसारण भएको दिनलाई तामाङ संचारकर्मीहरुले रामेछाप सदरमुकाम मन्थलीमा एक कार्यक्रमका बीच प्रसारण दिवस मनाएको हो ।
तामाङ प्रत्रकार संघ रामेछापको आयोजनामा भएको कार्यक्रममा तामाङ भाषाको संरक्षणमा संचार माध्यमले खेल्ने भूमिका स्थानीय सरकारले तामाङ भाषाको संरक्षणमा खेल्ने भूमिकाको विषयमा अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा संचार क्षेत्रले तामाङ भाषाको समचार, कार्यक्रम प्रशारण गर्न जनशक्ति, श्रोतको व्यवस्थापन लगायतको विषयमा संचारक्षेत्रमा आबद्ध सरोकार वालाहरुले चुनौती लगायतका विषयमा छलफल भएको थियो ।
छलफलमा स्थानीय संचारकर्मी, जनप्रतिधिनी विभिन्न संघसंस्थामा आवद्ध विभिन्न ब्यक्तिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले स्थानीय संचार माध्यमको विकास र बृत्तिमा गाउँपालिका प्रतिबद्ध रहेको बताए । उनले पत्रकारीता स्वच्छ र व्यवस्थित हुनुपर्नेमा जोड दिदै केही अव्यवस्थित र भद्रगोललाई व्यवस्थित बनाउन आफू लागि पर्ने बताए ।
यस्तै मन्थली नगरपालिकाका उपप्रमुख इश्वरी बस्नेतले संचार क्षेत्रले विकास र सम्बृद्धिमा ठूलो सहयोग र भूमिका रहेको भन्दै संचार विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताइन् । उनले नगरपालिकाले दिने सेवा सुविधा र नगरको विकास अनुगमनमा संचारकर्मीलाई संगै लैजाने पहल गर्ने बताए ।
यस्तै राष्ट्रिय भूमि आयोग रामेछापका अध्यक्ष गौतम कुमार लामाले संचार माध्यमको भूमिकालाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिए । उनले संचारक्षेत्रमा आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यसैरी लिखु तामाकोसी गाउँपालिकाका उपाध्यक्ष दिपा पाख्रिनले संचारक्षेत्रमा गाउँपालिकाले गर्ने सहयोग र भूमिकामा सदैब प्रतिबद्ध रहेको बताइन् । यस्तै सामुदायिक विकास समाज मिलन घिसिङ, पत्रकार महासंघका अध्यक्ष बद्रि नयाँघरे, पत्रकार हिमाल ढुंगेल, सौजन्य सत्याल र रमेश ढुगेल लगायतले आ–आफ्नो धराना राखेको थिए ।
कार्यक्रममा तामाङ समुदायबाट निर्वाचित जनप्रतिनिधि र तामाङ भाषाको संरक्षणमा योगदान गर्ने र संचारकर्मीहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.