२०७८ चैत ११
रामेछाप – काभ्रेपञ्चोकमा बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक रामेछापका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
बसको ठक्करबाट मृत्यु हुनेमा रामेछाप नगरपालिका वडा नं. २ देउरालीका २८ वर्षीय सुनिल कुमार खड्का रहेका छन् । शक्रबार बिहान बनेपाबाट धुलिखेलततर्फ जाँदै गरेको बा २ ख ५२९४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ८१ प ४२१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटर साइकल चालक खड्का गम्भिर घाइते भएको थिए । बसको ठक्करबाट गम्भीर घाइते भएका चालक खड्काको उपचारका क्रममा धुलिखेल अस्पतालमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकलमा सवार सोही स्थानका २७ वर्षीय सन्तोष खड्का घाइते भएका छन् ।
घाइते सन्तोषको ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बसका चालकलाई भने ईलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताइएको छ ।