Explore the Radio Tinlal in shortly.

पालिका चुनावको लागि नेपाली काँग्रेस रामेछापले आठ वटै स्थानीय तहमा उम्मेदवारको नाम टुंगो लगायो

0

२०७८ बैशाख १२
रामेछाप – आगामी ३० गते स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस रामेछापले जिल्लाका आठ वटै स्थानीयमा उम्मेदवारको नाम टुंगो लगाएको छ । चुनावी तालमेल गरेर अघि बढ्ने विषयमा गठबन्धन दलहरुसँग छलफल गरेर बसेको नेपाली काँग्रेसले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसँग स्थानीय तहमा भागबण्डा नमिल्ने भएपछि अन्तिम समयमा आएर मनोनयन दर्ताको पहिलो दिन आइतबार बेलुका जिल्लाका आठ वटै स्थानीय तहबाट पालिका प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्षको नाम टुंगो लगाएको हो । काँग्रेसले मन्थली नगरपालिकाको प्रमुखमा बिनोद कार्की, उपप्रमुखमा यशोदा श्रेष्ठ, रामेछाप नगरपालिकाको प्रमुखमा लवश्री न्यौपाने, उप–प्रमुखमा सशिला लामाको नाम टुंगो लगाएको छ । यस्तै, लिखुतामाकोशी गाउँपालिकाको अध्यक्षमा केशव महत, उपाध्यक्षमा सरस्वती गुरुङ खड्का, उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा जित बहादुर कटुवाल, उपाध्यक्षमा सावित्री सुनुवार, गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा काजिबहादुर खड्का (दिनेश), उपाध्यक्षमा उषा वस्नेत कार्की, दोरम्बा शैलुड गाउँपालिकाको अध्यक्षमा मानबहादुर लामा, उपाध्यक्षमा खमला थापा मगर, सुनापती गाउँपालिकाको अध्यक्षमा कमान खड्का, उपाध्यक्षमा शान्ति मोक्तान र खाँडादेवी गाउँपालिकाको अध्यक्षमा नवराज थोकर, उपाध्यक्षमा चण्डिका उप्रेतीको नाम टुंगो लगाइएको नेपाली काँग्रेस रामेछापले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.