Explore the Radio Tinlal in shortly.

मगर विद्यार्थी संघ रामेछापको अध्यक्षमा विर बहादुर राना मगर निर्वाचित,प्रत्यासी उम्मेदवार युवराज थापा मगर ५ भोटले पराजित ।

0

भाद्र २५
नेपाल मगर विद्यार्थी संघ रामेछापको अध्यक्षमा विर बहादुर राना मगर निवार्चित हुनुभएको छ । शनिबार रामेछापको मन्थलीमा सम्पन्न पाचाँै अधिवेशनबाट उहाँ निर्वाचित हुनुभएको हो ।
अध्यक्ष पदको लागी युवराज थापा मगर,विर बहादुर राना मगर र देवी थापा मगर गरी तीन जनाको उम्मेदवारी परेको थियो ।सर्वसहमतिमा अध्यक्ष चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा जानु परेको थियो ।अन्तिम समयमा आएर देवी थापा मगरले आफनो उम्मेदवारी फिर्ता लिनु भएपछि दुईृ जना बिच प्रतिस्पर्धा भएको हो ।सो पदको लागी जम्मा २५ मत खसेको मध्ये युवराज थापा मगरले १० मत र विर बहादुर राना मगरले १५ मत प्राप्त गरीे प्र्रत्यासी उम्मेदवारलार्इृ ५ भोटले पछाडी पार्दै निर्वाचित हुनुभएको हो ।त्यसैगरी उपाध्यक्षमा देवी थापा मगर,सचिव सोफिन थापा मगर,सह—सचिव पन्च कुमारी मगर,कोषाध्यक्षमा विमल सिंजाली मगर लगायत २१ सदस्यीय समिती चयन भएका छन् ।
त्यसैगरी कार्यक्रम नेपाल मगर विद्यार्थी संघ रामेछापका अध्यक्ष रिया मगरको अध्यक्षता तथा नेपाल मगर संघ रामेछापका कोषाध्यक्ष शुक्र मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

Leave A Reply

Your email address will not be published.