माघ २८
रामेछाप– रामेछापमा कोरोना भाइरस कोभिड–१९ का कारण बन्द रहेका विद्यालयहरु फागुन १ गतेदेखि सञ्चलन हुने भएको छ ।
शुक्रबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र रामेछापको बैठकले जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्ने निर्णय गरेको हो । ज्वरो तथा रुघाखोकी लागेका विद्यार्थी र शिक्षकहरुमा कोभिड–१९ संक्रमण हुने सम्भावनाको आधारमा अनिवार्य रुपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने बैठकले निर्णय गरेको छ । यस्तै, बैठकले जनस्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी एक सय जना सम्मको उपस्थितिमा राजनीतिक, प्रशासनिक र सामाजिक÷सांस्कृतिक लगायतका कार्यक्रमहरु गर्न दिने निर्णय गरेको छ ।
बैठकले सार्वजनिक यातायातका चालक र सह–चालकले मास्क र भाइजर लगाउने, सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरुलाई मास्क अनिवार्य गरी सवारी साधनको ढोकामा र भित्र समेत स्यानीटाइजरको व्यवस्था गर्नु पर्ने निर्णय गरेको छ । जनस्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी पूर्व निर्धारित खेलकुदका कार्यक्रम सञ्चालन गर्ने, खोप कार्ड हराएका व्यक्तिहरुलाई खोप कार्डको प्रतिलिपि सहज ढंगबाट उपलब्ध गराउने व्यवस्था गर्न स्वास्थ्य कार्यालयले सबै स्थानीय तहका स्वास्थ्य शाखाहरु मार्फत व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले होटल, रेष्टुरेण्ट पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा कोरोना विरुद्धको खोप लगाएको कार्ड साथमा राख्ने र सम्बन्धित निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश गराउने निर्णय गरेको छ । बैठकले मठ, मन्दिर, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी पूजा, ध्यान, प्रथाना गर्ने÷गराउने व्यवस्था मिलाउने र जिल्लाका सबै सेवा प्रदायक निकायहरुले स्वास्थ्य मापदण्ड पूर्ण पालना हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
रामेछापमा कोभिडका कारण बन्द रहेका विद्यालय फागुन १ गतेदेखि खुल्ने
रामेछापमा कोरोना भाइरस कोभिड–१९ का कारण बन्द रहेका विद्यालयहरु फागुन १ गतेदेखि सञ्चलन हुने भएको छ । शुक्रबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र रामेछापको बैठकले जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्ने निर्णय गरेको हो । ज्वरो तथा रुघाखोकी लागेका विद्यार्थी र शिक्षकहरुमा कोभिड–१९ संक्रमण हुने सम्भावनाको आधारमा अनिवार्य रुपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने बैठकले निर्णय गरेको छ । यस्तै, बैठकले जनस्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी एक सय जना सम्मको उपस्थितिमा राजनीतिक, प्रशासनिक र सामाजिक÷सांस्कृतिक लगायतका कार्यक्रमहरु गर्न दिने निर्णय गरेको छ ।