Explore the Radio Tinlal in shortly.

थामी समुदायमा जनचेतनामूलक कार्यक्रम शृङ्खला २ मजुवामा सम्पन्न

0

२०७८ चैत्र १९
सचेत घिसिङ
रामेछाप – रामेछापको दोरम्बा सैलुङ १ डडुवामा थामी समुदायमा चेतनामूलक कार्यक्रम दोस्रो शृङ्खला मजुवामा सम्पन्न भएको छ । संघीय सरकारको आर्थिक सहयोगमा दोरम्बा शैलुङ गाउँपालिकाको समन्वयमा संचालित थामी उत्थान कार्यक्रम अन्तरगत जनचेतनामुलक कार्यक्रम संचालन भएको हो ।

कार्यक्रममा डडुवाका वडा सचिव सुरेशसिं धामीले वडाले बितरण गर्ने सेवा सुविधा र प्रचलित कानुनको बिषयमा सहजीकरण गर्नुभएको थियो । बाल विबाह र बाल विबाहले निम्तने समस्या तथा सरकारी सेवा सुबिधा समयमै पाउनका लागि आवश्यक प्रक्रियाका बिषयमा परामर्श गर्नुभएको थियो ।

समयमै जन्म, विबाह, मृत्युु दर्ता नहुने समस्या हुने गरेको पाइएकाले समयमै दर्ता गरेमा जरिवाना नलाग्ने बिषय अवगत गराउनुभएको थियो । शैक्षिक क्षेत्रमा ब्याप्त पछौटेपनलाई समुदाय र विभिन्न संघ सस्थाले पहल गर्नुपर्नेमा जोड दिनुभयो । थामी समुदायलाई आवश्यक पहल र वडा कार्यालयले प्रदान गर्ने सेवामा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता गर्नुभयो ।

यस्तै सुर्के माध्यमिक बिध्यालयका प्रधानध्यापक रामकुमार बिमलीले शैक्षिक उन्नतिका लागि थामी समुदायले बल गर्नुपर्ने बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रमा माथिल्लो कक्षामा बिध्यालय छोड्ने समस्या हल गर्न थामी समुदाय लाग्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी सतर्क मिडियाका अध्यक्ष सचेत घिसिङले थामी समुदायको उत्थानका लागि संचार क्षेत्रले खेल्नुपर्ने भुमिकामा कतिबद्द रहेको बताउनुभयो । सतर्क मिडियाले थामी समुदायको बिकासका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको स्मरण गर्नुभएको थियो । अध्यक्ष घिसिङले सतर्क मिडियाले संचालन गरेको रेडियोले थामी भाषालाई प्रबर्धन गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा संचार क्षेत्रले थामी समुदायको उत्थानका लागि खेल्नुपर्ने भुमिकामा कन्जुस्याइँ नहुनेमा जोड दिनुभयो ।

यस्तै नेकपा माओबादी केन्द्र दोरम्बा शैलुङ १ डडुवाका उपाध्यक्ष पूर्ण बहादुर थापा मगरले थामी समुदायमा विभिन्न बिषयमा अनिबार्य सर्तहरुसहितका कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिनुभयो । बिध्यालय जाने बालबालिकालाई अनिबार्य पठाउनुपर्ने, सफा सुगर गर्नैपर्ने, र बिधालय पोशाक अनिबार्य लागाउनुपर्ने सर्तहरु थामी समुदायले अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

केही नीति अनिबार्य नगरिएसम्म थामी समुदायको उन्नति हुन सक्दैन । हामी एउटै भुगोलमा बस्छौ। तर हामीले विभेद गरेको छैन तर उहाँहरु कुनै नीति तथा कार्यलाई जिम्मेवारी ढङ्गले पालना गर्नुहुन्न । हाम्रो छोराछोरी स्कुल जान्छन् उहाहरुको गाँस दाउरामा । यो प्रबृतिलाई थामी समुदायले नै कार्यन्वयन गर्नुपर्ने बताउनुभयो ।
यस्तै नेपाल थामी समाज रामेछापका पुर्ब अध्यक्ष डिक बहादुर थामीले थामी समुदायलाई समेटिएको यो कार्यक्रमले थामी समुदायमा हामी आफै परिबर्तन हुन आवश्यक रहेको बताउनुभयो । संख्यात्मक भन्दा पनि गुणात्मक परिवर्तनमा यो कार्यक्रम कोशेढुङ्गा हुनेमा जोड दिनुभयो ।
कार्यक्रममा एमालेका नेता जनक राना मगर, धावासम्भु शेर्पा लगायतले मन्तब्य राख्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.