Explore the Radio Tinlal in shortly.

पत्रकारितालाई फेक समाचारको कारखाना बनाउन नहुने प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष बस्नेतको भनाई

0

१ फागुन २०७८

रामेछाप -प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकारितालाई फेक समाचारको कारखाना बनाउन नहुने बताउनु भएको छ । प्रेस चौतारी नेपाल रामेछापको चौथो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा रहनु भएका केन्द्रीय सदस्य वस्नेतले यस्तो बताउनु भएको हो । नेपाल पत्रकार महासंघ अहिले पत्रकारिताको सिद्धान्त र मर्मभन्दा विपरित दिशातर्फ अघि बढिरहेको बताउँदै उहाँले प्रेस चौतारी संगठनले त्यसलाई चिर्दै पत्रकारितालाई फेक समाचारको माध्यम बनाउन नहुने बताउनुभयो । अहिले देशमा रहेको विभिन्न पार्टी निकटका पत्रकार संगठनहरुले गैर पत्रकारहरुलाई समेत अँगालेर अघि बढिरहेका अध्यक्ष वस्नेतले बताउनुभयो । प्रेस चौतारी नेपाले स्थानीय तहका जनप्रतिधिहरुले गरेका कामबारे सत्य, तथ्य बाहिर ल्याउनुपर्नेमा उहाँको जोड थियो । अहिले मातृभूमिको अहितमा काम गर्दै आएका सत्ताधारी गठनबन्धन दलहरु अन्तिम भोजमा रमाइरहेका उहाँले उल्लेख गर्नुभयो । विचारहीन भएर गन्तव्यमा पुग्न नसकिने बताउँदै अध्यक्ष वस्नेत विचार र विधिलाई पालन गरेर अघि बढ्न सबै पत्रकारहरुलाई आग्रह समेत गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.