Explore the Radio Tinlal in shortly.

रामेछाप नगरपालिकाद्वारा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर प्रदान

0

०४ चैत्र २०७८
रामेछाप
रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर प्रदान गरेको छ । नगरपालिकाले शुक्रबार आफ्नो क्षेत्रभित्र सञ्चालित कृषि सहकारी संस्था, कृषि फर्म र कृषक समुहहरुलाई पँचास प्रतिशत अनुदानमा २५ थान हाते ट्याक्टर प्रदान गरेको हो । नगरले उपलब्ध गराएको हाते ट्याक्टर नगरप्रमुख नरबहादुर थापाले हस्तान्तरण गर्नु भएको थियो । नगरपालिकालाई आधुनिक कृषि प्रविधिमैत्री बनाउने उद्देश्यले चालू आर्थिक वर्षको कृषि औजार वितरण कार्यक्रमअन्र्तगत हाते ट्याक्टर खरिद गरी प्रदान गरिएको उहाँले बताउनुभयो । यसअघि नगरपालिकाले सार्वजनिक सूचनामार्फत सबै वडाका कृषि सहकारी संस्था, कृषि फर्म र कृषक समुहहरुस आवेदन माग गरेको थियो । प्राप्त निवेदन मध्येबाट छनौट भएका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराइएको रामेछाप नगरपालिकाले जनाएको छ । कृषकलाई वितरण गरिएको ट्याक्टर ५,७ र ९ हर्जपावर क्षमताको रहेको कृषि प्रविधिक लवश्री विश्वकर्माले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.