Explore the Radio Tinlal in shortly.

१२ वर्षीया नाबालिकालाई २१ घण्टासम्म बाँधेर सिस्नो लगाई कुटपिट गरेको घटनामा संलग्न दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सञ्जालको माग:थप अबडेट्

0

०५ चैत्र २०७८
रामेछाप
१२ वर्षीया दलित समुदायकी नाबालिकालाई घरभित्र प्रवेश गरेकै कारण २१ घण्टासम्म घरको थाम र दलिनमा नाम्लोले बाँधेर सिस्नो लगाई कुटपिट गरेको घटनामा संलग्न दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन मानव अधिकार संरक्षण सञ्जाल रामेछापले माग गरेको छ ।

मन्थली नगरपालिका वडा नं. ६ भलुवाजोरस्थित केउरीपानी बस्ने ६३ वर्षीय शेरबहादुर श्रेष्ठले सोही स्थान बस्ने १२ वर्षीया नाबालिका सरिता नेपालीलाई गत फागुन ३० गते सोमबार अपराह्न ४ः०० बजेदेखि भोलिपल्ट चैत १ गते मंगलबार मध्याह्न १२ः ०० बजेसम्म घरको थाम र दलीनमा नाम्लोले बाँधेर सिस्नो लगाउँदै कुटपिट गरि यातना दिएका थिए । यसरी १२ वर्षीया नाबालिकालाई गैर दलितको घरभित्र प्रवेश गरेको आरोपमा अघिल्लो दिन फागनु ३० गतेदेखि सोमबार अपराह्न ४ः०० बजेदेखि भोलिपल्ट चैत १ गते मंगलबार मध्याह्न १२ः०० बजेसम्म बाँधेको भनेर सार्वजनिक भएको घटनामा कुनै पनि खालको प्रभावमा नपरी निष्पक्ष छानबीन गरी पिडितलाई न्याय र पिडकलाई कानूनी कारबाहीको दायरामा ल्याउन सञ्जालले माग गरेको छ ।
यो घटनालाई गम्भीरतापूर्वक लिई घटनाका आरोपितलाई तत्काल गरी प्रहरीले अनुन्सधान अगाडि बढाएकोमा धन्यवाद व्यक्त गर्दै सञ्जालले यस्तो घटना दोहोरिन नदिनको लागि सामाजिक सचेतनाका कार्यक्रम सञ्चालन गर्न सरोकारवाला निकायको गम्भीर ध्यानकर्षण गराएको छ । हाम्रो समाज अहिले पनि पुरातन सोचबाट ग्रस्त भएको र जन्मसिद्ध श्रेष्ठताको सोचका कारण कतिपय समुदायका नागरिकमाथि अपमानित गर्ने घटना बारम्बार समाजमा दोहोरिने गरेको सञ्जालले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यो कुनै व्यक्ति विशेषसँग मात्र जोडिएको घटना नभएर सिङ्गो समाजको समस्याको रुपमा रहेको सञ्जालको ठहर छ ।

Leave A Reply

Your email address will not be published.