Explore the Radio Tinlal in shortly.

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्कालाई आफ्नो पार्टीमा प्रवेश गराउने काँग्रेस सभापति कान्छारामको तायरी

0

२०७८ चैत ११
रामेछाप – रामेछापको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालाई नेपाली काँग्रेस रामेछापले आफ्नो पार्टीमा ल्याउने तयारी थालेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेबाट निर्वाचित अध्यक्ष खड्कालाई तत्कालिन नेकपाले साधारण सदस्य समेत नहरने गरी कारवाही गरेको थियो । एमालेकै जनप्रतिनिधिहरु बीचको विवादको कारण खड्कालाई कारबाही गरिएको थियो । एमालेले कारवाही फुकुवा नगरेको अवस्था कायमै रहेको बेला गाउँपालिकाका अध्यक्ष खड्कालाई नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) ले आफ्नो पार्टीमा प्रवेश गराउने तयारी गर्नु भएको हो । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष खड्कालाई आफ्नो पार्टीमा प्रवेश गराएर आगामी निर्वाचनमा उम्मेद्वार बनाउने तयारी गरेको छ । सोही क्रममा सभापति तामाङले अध्यक्ष खड्कालाई कांग्रेसमा प्रवेश गराउने विषयमा लिखु तामाकोसी गाउँ समितिसँग सुझाव माग गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.