Explore the Radio Tinlal in shortly.

म्यादी प्रहरीमा भर्ना हुन आएका दोरम्बाका एक किशोरको तामाकोशीमा डुबेर मृत्यु

0

२०७८ चैत्र १८
रामेछाप – म्यादी प्रहरीमा भर्ना हुन आएका रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका एक किशारको तामाकोशीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ दोरम्बा बस्ने १९ वर्षीय ईशान विकको शुक्रबार बिहान पौडी खेल्ने क्रममा तामाकोशीमा डुबेर मृत्यु भएको हो । शुक्रबार बिहान ११ बजे सदरमुकाम मन्थली नगरपालिका वडा नं. १ हाटेचौरस्थित तामाकोशीमा पौडी खेल्ने क्रममा डुबेर ती किशोरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पौडी खेल्नेक्रममा डुबेर बेपत्ता भएका वि.क.लाई प्रहरीले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.