Explore the Radio Tinlal in shortly.

गाउँपालिका अध्यक्ष खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

0

२०७८ चैत्र १७,
रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले अध्यक्ष खड्का र तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित विरुद्ध ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्धा हालेको हो । तत्कालीन प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपानेविरुद्ध १ करोड १२ लाख ८२ हजार, तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङविरुद्ध १ करोड २६ लाख ७५ हजार बिगो मागदावी गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ बिजुलीकोट, वडा नम्बर ५ नागदह र वडा नम्बर १ दुरागाउँमा विद्युतीकरण गर्न उपकरण किन्दा खरिद समिति नबनाई ४ करोड २१ लाख ७०६ रुपैयाँ अनियमितता गरेको अख्तियारले दाबी गरेको छ ।

Leave A Reply

Your email address will not be published.