२०७८ चैत्र २२
रामेछाप – म्यादी प्रहरीमा भर्ना हुन जिल्ला प्रहरी कार्यालय रामेछापमा आएकामध्ये ९२६ जना उत्तीर्ण भएका छन् भने १७३ जनाको नाम वैकल्पिकमा निस्किएको छ । आगामी स्थानीय तह निर्वाचनको सुरक्षालाई लक्षित गरी म्यादी प्रहरी भर्नाको लागि गत चैत २ गते प्रहरी प्रधान कार्यालयले निकालेको सूचना बमोजिम जिल्ला प्रहरी कार्यालय रामेछापमा एक हजार ६७५ जनाले आवेदन दिएका थिए । त्यसमध्ये विभिन्न मितिमा संचालित प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा, लिखित परीक्षा र अन्तरवार्तामा सहभागी उम्मेदवारहरूको प्राप्ताङ्कको आधारमा योग्यता क्रमानुसार ९२६ जना उत्तीर्ण भएका र १७३ जना वैकल्पिक उम्मेदवारहरूको सूची प्रकाशन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापकास सूचना अधिकारी श्रीशङ्कर श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले उत्तीर्ण उम्मेदवारको सूचीमा रहेकाहरू मध्ये कोही नियुक्ति पत्र बुझ्न नआएमा वा हालको लागि तोकिएको संख्या भन्दा बढी संख्यामा म्यादी प्रहरी नियुक्त गर्नु परेमा वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूलाई वरियताक्रम अनुसार बोलाई नियमानुसार नियुक्ति प्रदान गरिने बताएको छ । म्यादीमा छनोट हुनेमा महिला भन्दा पुरुषको संख्या दोब्बर रहेको छ । ६८३ जना पुरुष छनोट हुँदा २४३ जना मात्र महिला छनोट भएका छन् ।
म्यादी प्रहरीमा भर्ना हुन रामेछाप आएकामध्ये ९२६ जना उत्तीर्ण
Prev Post