Explore the Radio Tinlal in shortly.

रामेछापका सत्ता गठबन्धन दलहरुलाई आसन्न स्थानीय निवार्चनमा चुनावी तालमेलबारे सहमति जुटाउन सकस

0

२०७९ बैशाख ०५
रामेछाप – रामेछापका सत्ता गठबन्धन दलहरुलाई आसन्न स्थानीय निवार्चनमा चुनावी तालमेलबारे सहमति जुटाउन सकस भएको छ । समयमा चुनावी भागबण्डाबारे सहमति जुटाउन नसक्दा गठबन्धन दलहरुलाई स्थानीय तह निर्वाचनसम्बन्धी तालमेलबारे सहमति जुटाउन सकस भएको हो ।
यसअघि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितका गठबन्धन दलहरुले संयुुक्त रुपमा एकै दिन साँझ र बिहान गरी दुई पटक बैठक बसेर चुनावी तालमेलबारे छलफल गरेका थिए । उक्त छलफलपछि केन्द्रको निर्णयानुसार अघि बढ्ने भनेर निर्णय गरेका थिए । तर, त्यसपछि जिल्लामा चुनावी तालमेल गरेर जाने विषयमा छलफल गर्न जिल्लाका तीन वटै दलहरु पटक–पटक आन्तरिक छलफलमा जुटिरहेका छन् । आ–आफ्ना माग दाबीसहितका पत्रहरु उनीहरुबीचमा आदानप्रदान पनि भइरहेको छ । तर, दलहरुबीच एक अर्काले आ–आफ्नो घमण्ड र दाबी त्याग्न नसक्दा चुनावी तालमेल गरेर जाने विषय निकै पेचिलो बन्दै गएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले पाँच वटा स्थानीय तहमा आफूहरुले चुनाव लड्न पाउनुपर्ने माग दाबीसहितको पत्र पठाएका नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) ले बताउनुभयो । उहाँका अनुसार काँग्रेसले पनि पाँच स्थानी तह आफूहरुले पाउनुपर्ने माग दाबीसहितको पत्र पठाएको छ । अहिले माओवादी केन्द्रले तीन स्थानीय तह र एकीकृत समाजवादीले दुई स्थानीय तहको माग गरेको सभापति तामाङले बताउनुभयो । तर, आफूहरुले पाँच स्थानीय तह नपाएको खण्डमा गठबन्धन हुन नसक्ने बताउँदै काँग्रेस सभापति कान्छारामले कम्युनिष्टको झोला बोकेर उनीहरुलाई चुनाव जिताउन नसकिने बताउनु भएको छ । एक्लै चुनाव लड्दा पनि रामेछापमा चुनाव जित्न सकिने दाबी गर्दै उहाँले आफूहरुलाई रामेछापमा चुनाव जित्न कुनै समस्या नभएको जिकिर गर्नुभयो ।
यसअघिको निर्वाचनमा रामेछापमा आपूm एक्लै चुनाव लड्दा पनि आफूले ३५ हजार ७७१ मत ल्याउन सफल भएको र एमाले र माओवादी केन्द्रले गठबन्धन गरेर लड्दा पनि ४२ हजार ११७ मत मात्रै ल्याएको स्मरण गराउँदै काँग्रेस सभापति कान्छारामले मतको हिसाबले आफूहरु धेरै अघि रहेकोले आगामी स्थानीय निर्वाचनमा आफूहरु एक्लै लड्दा पनि चुनावी जित्न सकिने बताउनुभयो । अहिले माओवादी केन्द्र र नेकपा एसले पहिलेको नीतिअनुसार अघिल्लो स्थानीय निर्वाचनमा २३ सिट जितेको पहिलो पार्टी भनेर दावी गरिरहेको बताउँदै काँग्रेस सभापति कान्छारामले सिट परिणामका आधारमा उनीहरुले आफूलाई पहिलो पार्टीको रुपमा दाबी गर्न नमिल्ने तर्क गर्नुभयो । निर्वाचनमा सिटभन्दा पनि मत प्रधान हुने भएकोले गत २०७४ को स्थानीय निर्वाचनमा उनीहरुले २४ हजार मत ल्याएको र आफ्नो पार्टीले २७ हजार मत ल्याएकोले मतको आधारमा काँग्रेस नै अग्र स्थानमा रहेको सभापति तामाङले बताउनुभयो । त्यस कारण माओवादी केन्द्र र एकीकृत समाजवादी तीन स्थानीय तह दिँदा सहमत भएमा गठबन्धन गरेर अघि बढ्ने र यदि त्यसो हुन नसकेमा गठबन्धन गरेर अघि बढ्न नसकिने उहाँले बताउनुभयो । भोलि बिहानसम्म माओवादी र एकीकृत समाजवादीले निकास निकाल्न नसकेमा दिउँसो १२ बजेसम्म पत्रकार सम्मेलन गरेर काँग्रेस एक्लै चुनाव लड्ने गरी टिकट वितरण गर्ने उहाँको भनाई छ ।
यसैबीच, नेकपा माओवादी केन्द्रले पनि काँग्रेसले पाँच स्थानीय तह माग गरेर पत्रचार गरेको बताएको छ । त्यस विषयमा आफूहरु आन्तरिक छलफलमा जुटिरहेको माओवादी केन्द्र बागमती प्रदेश विभागका प्रमुख मदन कालिकोटेले बताउनुभयो । यसैबीच, नेकपा एसका केन्द्रीय सदस्य देवशङकर पौडेलले पनि चुनावी तालमेलबारे आफूहरु आन्तरिक छलफलमै रहेको बताउनुभयो । चुनावी तालमेलबारे गठबन्धन दलहरुबीच औपचारिक छलफल नभएको बताउनुभयो । अहिले दिने र लिने कोही नभएको बताउँदै उहाँले आपसी सहमतिमा छलफलमार्फत सबै कुरा ढुंग्याएर अघि बढ्ने बताउनुभयो

Leave A Reply

Your email address will not be published.