२१ फागुन २०७८
रामेछाप – रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा थामी समुदायको कर्मकाण्ड लेखन सुरु भएको छ ।

नेपाल थामी समाज रामेछाप र निको थामी समाजको आयोजनमा स्थानीय थामी समुदायका अग्रज तथा गुरुआपाहरुको अनुभाव र समुदायको रितिरिवाजका बिषयमा छलफलसंगै थामी समुदायको ईतिहास लेखन कार्य दोरम्बा शैलुङ १ डडुवामा सुरुभएको हो । थामी समुदायको रितिरिवाजलाई एकरुपता बनाउने र एकताबद्ध गरेर समुदायको विकासका लागि प्रेरित गर्ने उद्धेश्यले कार्यक्रम सुरु गरिएको दोरम्बा शैलुङ गाउँपालिकाका कार्यपालिका सदस्य भक्त बहादुर थामीले बताए । संघिय सरकारको आर्थिक सहयोग र दोरम्बा शैलुङ गाउँपालिकाको समन्वयनमा थामी उत्थान कार्यक्रम अन्तर्गत बिनियोजित बजेटमा कर्यक्रम सुरु भएको हो ।
थामी समुदायको जन्म, विवाह, र मृत्यु संस्कारमा गरिने कर्मकाण्डलाई दस्तावेजको रुपमा पुस्तकमा उतार्ने काम यो लेखन कार्यले गर्ने जनाएको छ। यो लेखन कार्यले थामी समुदायको अहिलेसम्मको विकास, थामीको भौगोलिक विविधताको पहिचान हुने र आगामी थामी समुदायको विकासका लागि कोशेढुङ्गा हुने विश्वास लिएको छ । लेखन कार्य ९ दिन चल्नेछ ।
