Explore the Radio Tinlal in shortly.

उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना

0

३ फागुन २०७८

रामेछाप– मौसम महाशाखाले मंगलबार साँझ ६ बजे जारी गरेको सुचना अनुसार नेपालमा पश्चिमी वायुबाट विकसित पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव पुनः सुरु भएको हो।

महाशाखाका अनुसार मंगलबार साँझ प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम आंशिक बदली छ । मंगलबार  राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बुधबार दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशाक बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

यस्तै बुधबार राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।महाशाखाका अनुसार बिहीबार दिउँसो पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

Leave A Reply

Your email address will not be published.