१ फागुन २०७८

रामेछाप -प्रेस चौतारी नेपाल रामेछापले पत्रकार नवराज पथिकलाई सम्मान गरेको छ । सदरमुकाम मन्थलीमा शनिबार आयोजित प्रेस चौतारी नेपाल जिल्ला कमिटी रामेछापले आफ्नो चौथो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा पत्रकार पथिकलाई नगद सहित दोसल्ला ओढाएर कदर पत्रले सम्मान गरेको हो । प्रेस चौतारी रामेछापका अध्यक्ष युनिक विफा घिसिङको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र विशिष्ट अतिथि वागमती प्रदेशका पूर्व आथिक मामिला तथा योजनामन्त्री, एमालेका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कैलाश प्रसाद ढुंगेलले नगद ५ हजार रुपैयाँ सहित दोसल्ला ओढाएर कदरपत्रले सम्मान गर्नुभएको हो ।