२०७८ चैत्र १७
सचेत घिसिङ,
रामेछाप – रामेछापको दोरम्बा शैलुङ्ममा थामी उत्थान कार्यक्रम अन्तरगत थामी जातीमा जनचेतनामुलक कार्यक्रम सुरु भएको छ । संघिय सरकारको आर्थिक सहयोगमा दोरम्बा गाउँपालिकाको समन्वयन संचालित उक्त कार्यक्रम दोरम्बा शैलुङ १ डडुवाको गडिगाउंमा सुरु भएको हो । शिक्षा, स्वस्थ्य, तथा रोजगार क्षेत्रमा पछि परेका समुदायलाई उत्थान गर्नका लागि कार्यक्रम सुरु गरिएको दोरम्बा शैलुङ गाउँपालिकाले जनाएको छ। जनचेतना कार्यक्रममा बोल्दै दोरम्बा शैलुङका अध्यक्ष कमानसिं मोक्तानले जनचेतनाका लागि गाउँपालिकाले कार्यक्रम गरिएको बताउनु भयो । उहाँले कुनै पार्टीले यो कार्यक्रम ल्याएको भनी प्रचार गरिएको भन्दै यसलाई राजनितीकरण नगर्न आग्रह गर्नु भयो । आगामी दिनमा पनि पालिकाले बजेट निरंतरता दिने प्रतिबद्धता गर्नुभयो । यस्तै उपाध्यक्ष कृशला घिसिङले थामी समुदायमा चेतनाको स्तर हिजोको तुलनामा बढेको र यस्लाई अझ बढाउनका आवश्यक रहेको बताउनु भयो । उपाध्यक्ष घिसिङले स्थानीय सरकारले थामी समुदायको बालबालिकाका लागि बार्षिक रुपमा बजेट बिनियोजित गरिरहेको बताउनुभयो । यस्तै नेकपा माओबादी केन्द्र दोरम्बाका अध्यक्ष हिरा बहादुर श्रेष्ठले थामी समुदायको बिकासका लागि आफ्नो पार्टीको सरकारले पहल गरेको र पार्टीको सरकारकै पहलले कार्यक्रम ल्याएको र यो कार्यक्रमले थामी समुदायको बिकासमा ठुलो सहयोग पुग्नेमा जोड दिनु भयो । यस्तै नेकपा एमाले दोरम्बा शैलुङका अध्यक्ष प्रेमलामाले थामी समुदायको जनघनत्व बढी भएपनी थामी समुदायको जनता शिक्षा क्षेत्रमा पछि परिरहेको र यस्लाई उत्थान गर्नक लागि यो कार्यक्रमले सहयोग पुग्नेमा जोड दिनुभयो । उहाले यो कार्यक्रमलाई राजनितिक बिषय नबनाउन पनि आग्रह गर्नुभयो। यस्तै नेपाली कांग्रेसका प्रतिनिधि मिलन घिसिङले थामी समुदायको बालबालिकालाई थामी भाषाको शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । यसैगरी सुर्के मावीका प्रधानध्यापक रामकुमार बिमलीले शिक्षाको महत्वका बिषयमा जोड दिनुभयो । उहाँले तल्लो तहमा थामी समुदायको बालबालिका भर्ना भएपनी ठूलो कक्षामा बिध्यालय छोड्ने प्रवृत्ति देखिएकोले यस्लाई आम अभिभावकले बालबालिकालाई बिद्यालय पठाउन आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा थामी उत्थान कार्यक्रमका संयोजक भक्त बहादुर थामीले जनताको माग र आवश्यकताको आधारमा सरकारले बजेट बिनियोजन गरिएको बताउनुभयो । दोरम्बा शैलुङ गाउँपालिकाका कार्यपालिकाका सदस्य समेत रहनु भएका थामीले सबै समुदायको बिकासका लागि थामी समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो