१ फागुन २०७८
रामेछाप -प्रेस चौतारी नेपाल रामेछापको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार मन्थलीमा सम्पन्न अधिवेशनले सर्वसहमत रुपमा अध्यक्ष नवराज श्रेष्ठको नेतृत्वमा ११ सदस्यी पदाधिकारी चयन गरेको हो । सर्वसम्मत चयन भएको समितिको खुल्ला उपाध्यक्षमा विष्णु खड्का र समावेशी उपाध्यक्षमा सुमित्रा लामा निर्वाचित हुनुभएको छ । कमिटीको सचिवमा निजोर कुमार थापा, सहसचिवमा शंकर बरुवाल, समावेशी सहसचिवमा दीपक लामा र कोषाध्यक्षमा सिता पुरी निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यमा सिर्जना रसाइली, शर्मिला विसुन्खे र नवीना दंगाल निर्वाचित हुनुभएको छ । केन्द्रीय प्रतिनिधिमा पार्वती पाठक, शान्ता श्रेष्ठ र नीरज सापकोटा रहनु भएको छ । प्रदेश प्रतिनिधिमा प्रकाश परिष्कार, प्रज्वल पौडेल, लेखबहादुर बिक र बिन्दिरा रसाइली चयन हुनुभएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।