फागुन १ / २०७८
रामेछाप– प्रहरीले बाल यौन दुरुपयोग गरेको आरोपमा रामेछापको कठजोरका एक पुरुषलाई पक्राउ गरेको छ ।
प्रहरीले बाल यौन दुरुपयोग गरेको आरोपमा रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का ४२ वर्षीय रामकुमार नेपालीलाई पक्राउ गरेको हो । गत माघ ३ गते सोमबार घरमा कोही नभएको मौका छोपी सुस्त मनस्थितिकी ८५ वर्षीया वृद्धा हजुरआमासँग बस्दै आएकी ११ वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरी वारदात पश्चात फरार रहेका नेपालीलाई माघ २९ गते शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

पक्राउ परेका नेपालीले बालिकालाई ललाईफकाई, डरत्रास देखाएर हजुरआमाबाट छुटाएर घर लैजाने क्रममा यौनिक मनसायले अपशब्द प्रयोग गरी नेपालीले यौन दुव्र्यवहार गरेका प्रहरीले जानकारी दिएको छ । कठजोरबाट पक्राउ परेका नेपालीमाथि सम्मानित जिल्ला अदालत रामेछापबाट थप सात दिनको म्याद लिई बाल यौन दुरुपयोग सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकार प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।