Explore the Radio Tinlal in shortly.

रामेछाप आउने पर्यटकले शैलुङको भ्रमण नगरी फर्किए भ्रमण नै अधुरो हुन्छः पूर्व प्रधानमन्त्री ओली

0

२० फागुन २०७८
रामेछाप – रामेछाप र दोलखाको सीमा क्षेत्रमा आयोजित शैलुङ साहित्यिक साँस्कृतिक महोत्सव सम्पन्न भएको छ । शैलुङ साहित्यिक साँस्कृतिक महोत्सवकोे उदघाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नु भएको थियो ।

सामुद्रिक सतहदेखि करिब ३३ सय मिटरको उचाईमा रहेको शैलुङमा पुग्न पाँच सयभन्दा बढी खुड्किला चढ्नु पर्दछ । सय भन्द बढी थुम्काहरु रहेको तपोभूमीका रुपमा परिचित शैलुङ धार्मिक तथा ऐतिहासिक रुपमा पनि निकै महत्वपूर्ण मानिन्छ । एमाले अध्यक्ष ओलीले हेलिकोप्टमार्फत रामेछाप र दोलखा सीमा क्षेत्रमा अवस्थित पर्यटकीय क्षेत्र शैलुङ क्षेत्रको भ्रमण गर्नु भएको थियो । शैलुङ क्षेत्रको अवलोकनपछि ओलीले शैलुङ क्षेत्रको विकासको लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । शैलुङमा आउने यो अन्तिम पटक नभएको बताउँदै फेरी पनि शैलुङ आउने बचन बद्धता गर्नु भएको छ । उहाँले शैलुङ प्राकृतिक रुपमा निकै सुन्दर स्थल रहेको बताउदै ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नपर्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । रामेछाप आउने पर्यटकहरुले शैलुङ क्षेत्रमा भ्रमण नगरी फर्किए उनीहरुको भ्रमण नै अधुरो रहने बताउनुभयो ।

यसैबीच, दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले शैलुङ क्षेत्रको विकास गर्न एकीकृत योजना बनाएर अयसैबीच, दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले शैलुङ क्षेत्रको विकास गर्न एकीकृत योजना बनाएर अगाडि बढनु पर्ने बताउनु भएको छ । उहाँले शैलुङ रामेछाप र दोलखाको साझा थलो भएकाले साझा अवधारणा बनाएर विकास गर्नुपर्ने बताउनु भएको हो । शैलुङ साहित्यिक महोत्सवको उदघाटनलाई स्वागत गर्दै अध्यक्ष मोक्तानले नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको शैलुङको विकासमा सबैको साथ र सहयोगको आवश्यक्ता रहेको बताउनुभयो । मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आयोजित महोत्सवको उद्घाटन अघि स्थानीय कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरिएको थियो । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका र दोलखाको मेलुङ गाउँपालिकाले महोत्सवका लागि आर्थिक व्यवस्थापन गरेका थिए । महोत्सवमा देशभरका साहित्यकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा करिब सात सयभन्दा बढी नागरिकहरुको सहभागिता रहेको थियो । महोत्सवमा पूर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञावली र पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसहित अन्य नेताहरुको पनि सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.