२०७८ चैत ११
रामेछाप – नकबजनी चोरी मुद्दामा अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी रामेछापका एक पुरुष पक्राउ परेका छन् । नकबजनी चोरी मुद्दामा अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी रामेछाप नगरपालिका वडा नं. ७ का श्याम कुमार खड्कलाई बिहिबार धिपिडाँडाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । नकबजनी चोरी मुद्दाका कसूरदार खड्कालाई २०६७ साल पौष १९ गते अदालतले दोषी ठहर गरी एक महिना चार दिन कैद र ५२ हजार पाँच सय रुपियाँ दण्ड जरिबानासहितको फैसला सुनाएको थियो । फरार सूचीमा रहेका खड्कालाई ११ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठले बताउनुभयो । प्रहरीको नियन्त्रणमा रहेका खड्कालाई फैसला कार्यान्वयनका लागि शुक्रबार बिहान ११ः०० बजे सम्मानित जिल्ला अदालत रामेछापमा बुझाइएको श्रेष्ठले बताउनुभयो ।