Explore the Radio Tinlal in shortly.

जातीय छुवाछूत तथा भेदभाव गरी १२ वर्षीया दलित नाबालिकालाई २१ घण्टा सम्म बाँधेर यातना दिने एकै परिवारका तीन जना पक्राउ

0

२०७८ चैत्र १५
१२ वर्षीया नाबालिकालाई घरभित्रप्रवेश गरेको कारण घरको थाम र दलिनमा २१ घण्टासम्म नाम्लोले बाँधेर सिस्नु लगाई कुटपिट गर्ने र उक्तकार्य गर्न उक्साउने एकै परिवारका तीन जना पक्राउ परेका छन् । गत फागुन ३० गते सोमबार रामेछापको मन्थली नगरपालिका वडा नं. ६ भलुवाजोर बस्ने ६३ वर्षीय शेरबहादुर श्रेष्ठ र पत्नीवर्षीया बालकुमारी श्रेष्ठले छोरा रोशन श्रेष्ठको उक्साहटमा लागेर छिमेकी १२ वर्षीया नाबालिका सरिता नेपालीलाई दलित घरभित्र पसेपछि घर अशुद्ध भयो, कुलपितृ सबै नष्ट भयो भन्दै गतफागुन ३० गते सोमबार अपराह्न ४ बजेदेखि भोलिपल्ट चैत १ गते दिउँसो करिब साँढे १२ बजेसम्म घरको थाम र दलिनमा नाम्लोले बाँधेर सिस्नु लगाई कुटपिट गरी यातना दिएका थिए ।छोरा रोशन श्रेष्ठले दलित घरभित्र पसेपछि घर अशुद्ध भयो, रुद्रीलगाएर नचोख्याएसम्म नछाड्नु भनेर फोनमार्फत निर्देशन दिएको बालकुमारीले बताएकी थिइन् । पीडितका आफन्त, स्थानीय जनप्रतिनिधि र शिक्षकले पीडित नाबालिकालाई यसरी बाँधेर नराख्न आग्रहगर्दा पीडक श्रेष्ठ दम्पतीले दलित नाबालिका घरभित्रप्रवेश गरेपछि घर अशुद्ध भयो, कुल, पितृ सबै नष्ट भयो, रुद्रीलगाएर घर नचोख्याएसम्म नछाड्ने अडान कायम राख्दै बाँधिराखेका थिए । त्यसपछि जनप्रतिनिधि र शिक्षकले प्रहरीलाई खबर गरेकाथिए । सूचना प्राप्त हुन साथ घटना स्थलमा पुगेको प्रहरी टोलीले पीडित नाबालिकालाई उद्दार गरी पीडक शेर बहादुरलाई पक्राउ गरेको थियो । पीडितका आफन्तले चैत २ गते बुधबार पीडक शेर बहादुरलाई मात्र प्रतिवादी बनाएर अपरहरण तथा शरीर बन्धक कसूरमा जाहेरी दर्ता गराएका थिए । पीडक शेर बहादुरविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको थियो । श्रेष्ठमाथि प्रहरीले अनुसन्धान अघि बढाइरहेका बेला पीडितका आफन्तले जातीय छुवाछूत तथा भेदभाव कसूरमाफेरी जिल्लाप्रहरी कार्यालय रामेछापमा जाहेरी दर्ता गराएकाथिए । त्यस जाहेरीमा बालकुमारी र रोशनलाई समेत प्रतिवादी बनाइएको थियो । सोही जोहरीका आधारमा ४५ वर्षीया बालकुमारी श्रेष्ठ र २७ वर्षीय रोशन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई १५ गते मंगलबार मन्थली स्थित देवकोटा चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठले जानकारी दिनुभयो । यसअघि उनीहरुलाई पक्राउगर्न पटक–पटक घरमापुग्दा समेत प्रहरीले उनीहरुलाई फेलापार्न सकेको थिएन । पक्राउ परेका शेर बहादुर माथि प्रहरीले सम्मानित जिल्ला अदालत रामेछापबाट तीन पटक म्याद थप गरिसकेको छ । पक्राउ परेका तीनै जनामाथि अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.