भाद्र २४,रामेछाप ।
नेपाल मगर विधार्थी संघ रामेछापको पाँचौ जिल्ला अधिवेशन हुने भएको छ । सो कार्यक्रम यहि भाद्र २५ गते शनिबार रामेछापको मन्थली स्थित जि.एस होटलमा हुने भएको हो ।
नेपाल मगर विधार्थी संघ रामेछापको आयोजनामा हुन लागेको कार्यक्रम नेपाल मगर विधार्थी संघ रामेछापकी अध्यक्ष तथा बागमति प्रदेशकी उपाध्यक्ष रिया मगरको अध्यक्षता तथा नेपाल मगर संघ रामेछापका अध्यक्ष शिव सागर मगरको प्रमुख आतिथ्तामा सम्पन्न हुने पनि संघकी अध्यक्ष रिया मगरले जानकारी दिनुभएको छ । सम्पुर्ण मगर विधार्थी एक होऔ ,शैशिक जागरण फैलाऔ भन्ने सो संघको मूल नारा रहेको छ ।