
माघ २६
रामेछाप –
रामेछापमा बुधबार ७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा ३६ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना भाइरस कोभिड–१९ को तेस्रो लहर सुरुभएपछि हालसम्म ४२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ३७५ जना कोरोना सङ्क्रमणमुक्त भैसकेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो ।
उहाँका अनुसार मंगलबार मन्थली नगरपालिकाबाट ६, रामेछाप नगरपालिकाबाट १२, उमाकुण्ड गाउँपालिकाबाट ५, खाँडादेवी गाउँपालिकाबाट १ लिखुतमाकोसी गाउँपालिकाबाट ६ र सुनापति गाउँपालिकाबाट ६ जना गरी ३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
यस्तै मंगलबार जिल्लामा ११ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सहित अहिले जिल्लामा ५३ जना सक्रिय सङ्क्रमित रहेको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो । उहाँका अनुसार अहिले ४५ जना सङ्क्रमित होम आइसोलेशनमा र ८ जना संस्थागत आइसोलेशनमा बसेका छन् । यसैबिच जिल्लाका झण्डै ९८ हजार नागरिकले कोरोना विरुद्धको दोस्रोमात्रा खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले हालसम्म जिल्लाका ९७ हजार ९२८ जना नागरिकले कोरोना विरुद्धको दोस्रोमात्रा खोप लगाएको र एक लाख ७ हजार २२८ जनाले कोरोना विरुद्धको पहिलोमात्रा खोप लगाएको बताउनुभयो ।