Explore the Radio Tinlal in shortly.

अबको निर्वाचनमा रामेछापका सवै स्थानीय तहमा एमालेले जित्ने एमाले रामेछाप इञ्चार्ज ढुंगेलको दावी

0

१ फागुन २०७८

रामेछाप -नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका केन्द्रीय सदस्य कैलास प्रसाद ढुंगेलले आगामी स्थानीय तहको निर्वाचनमा रामेछापका सवै स्थानीय तहमा एमालेले जित्ने दाबी गर्नुभएको छ ।

रामेछापको सदरमुकाम मन्थलीमा शनिबार भएको प्रेस चौतारी नेपाल रामेछापको चौथो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै एमाले नेता ढुंगेलले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निमार्वचनमा रामेछापको आठ वटै स्थानीय तहमा सूर्य उदाउँने बताउनुभयो ।

कान्छारामको पैसापछि लाग्नेहरुलाई परास्त गर्न एमाले रामेछापका तेह्र हजार पार्टी कार्यकर्ता लाग्ने बताउनुभयो । आफु बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रहदा रामेछापमा विकासको लहर छाएको बताउँदै नेता ढुंगेलल अब फेरी सवै स्थानीय तहमा एमालेले जित्ने र बाँकी रहेको विकास निर्माणको काम पुरा गर्ने बताउनुभयो ।

फागुन १ गते आइतबार एमाले रामेछापको जिल्ला कमिटीको बैठक बस्ने र आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाका सवै पालिकामा एमालेको जित हुनेगरी विशेष योजनाका साथ १३ हजार भन्दा बढी नेता कार्यकर्ता जिल्लाका सवै ६४ वटै वडामा परिचालन गर्ने उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.