Explore the Radio Tinlal in shortly.

मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस रामेछापमा पनि मनाइयो, प्राप्त अधिकार र समानताको व्यवहारिक कार्यान्वयनका लागि निरन्तर संघर्ष जारी राख्नुपर्नेमा सरोकारवालाको जोड

0

२४ फागुन २०७८
मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस रामेछापमा पनि मनाइएको छ । रामेछापको मन्थली नगरपालिकाको आयोजनामा जिल्ला अन्तर्गत रहेका विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सुरक्षाकर्मी, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, महिला सञ्जाल, नागरिक समाज र पत्रकारसहितको सहिभागितामा मंगलबार नारी दिवस मनाइएको हो । प्रभातफेरी समयको प्रहरसँगै सदरमुकाम मन्थलीस्थित विपीचोकबाट सुरु भएको ¥याली कटहरबोटसम्म पुगेर फिर्ता भई देवकोटा चोकमा आएर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागीहरुले “सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चिता” भने नारासहितको व्यानर र प्लेकार्ड बोकेका थिए । सहभागीहरुले बोेकेका प्लेकार्डमा नारी पुरुष सरावरी, सधैँभरी बराबरी, म नारी हुँ मेरो गर्जन सुन, घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ, समान कामको समान पारिश्रमिक सुनिश्चित गर, महिलालाई सबै प्रकारका हिंसाबाट जोगाउने जिम्मेवारी सरकारको हो, महिलालाई आसन, शासन र भाषणमा सुनिश्चि गर भन्ने श्लोगन लेखिएका थिए । कार्यक्रममा सरोकारवालाहरुले प्राप्त अधिकार र समानताको व्यवहारिक कार्यान्वयनका लागि निरन्तर संघर्ष जारी राख्नुपर्ने बताएका छन् । महिलाहरुले निरन्तर रुपमा गरेका लामो संघर्षपछि प्राप्त अधिकार र उपलब्धीहरुको व्यवहारिक कार्यान्वय अझैँ हुन नसकेको बताउँदै उनीहरुले त्यसको व्यवहारिक कार्यान्वयनका लागि आफ्नो संघर्षलाई अझैँ जारी राख्नुपर्ने बताएका हुन् ।
प्राप्त अधिकारको कार्यान्वयन र थप अधिकार प्राप्तिका लागि भएका संघर्षलाई निरन्तरता दिनुपर्छः अध्यक्ष अधिकारी
कार्यक्रममा महिला सञ्जाल रामेछापकी अध्यक्ष गंगा अधिकारीले लैङ्कि समानता र भोलिको दिगो विकासको नाराभित्र रहेर प्राप्त अधिकारको कार्यान्वयन र थप अधिकार प्राप्तिका लागि भएका संघर्षलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । समानताका लागि यो लडाइँलाई जारी राख्नुपर्ने उहाँको भनाई थियो । तत्कालीन राणाकालीन शासन व्यवस्थाको समयमा प्रचलित सती प्रथाविरुद्धमा चन्द्र शमशेरको श्रीमती बालकुमारीले आवाज उठाएको प्रसङ्ग स्मरण गराउँदै उहाँले अहिले आएर श्रीमानको मृत्युपश्चात श्रीमानको चितामाथि चढेर जिउँदै जलेर प्राण त्याग्नुपर्ने अवस्थाको अन्त्य भएको यथार्थ समेत सुनाउनुभयो । यस्तै, बाल विधवा युगदेवी न्यौपाने (कोराइला)ले सामाजिक रुपान्तरणको लागि आवाज उठाउँदा सामाजले बहिष्कार गरेपछि महिला अधिकार प्राप्तिको लागि गृह त्याग गर्नु परेको यथार्थ समेत उहाँले सुनाउनुभयो । यस्ता प्रथा उन्मूलन गर्दै समानता, लैङ्गिक विभेद गर्नु हुँदैन भन्ने ठाउँसम्म आइपुग्न सफल भएको उहाँले बताउनुभयो । त्यस कारण पनि आफ्नो हक, अधिकारको प्राप्ती र कार्यान्वयनका लागि निरन्तर लडिरेहे एक दिन सफलता हात पार्न सकिने अध्यक्ष अधिकारीले बताउनुभयो । आर्थिक, सामाजिक, राजनीतिक रुपान्तरण र समानतासहितको सामाजिक न्याय स्थापित गर्नका लागि निरन्तर लड्नुपर्ने उहाँको तर्क थियो । अझैँ धेरै अधिकार लिन बाँकी रहेको उहाँले बताउनुभयो ।
प्राप्त हक अधिकारको सुनिश्तिताको लागि सबै एकजुट हुनुपर्छः उपप्रमुख कार्की
यसैबीच, मन्थली नगरपालिकाको उपप्रमुख माया कार्कीले ¥याली गर्दैमा सबै अधिकार पूरा नहुने बताउँदै प्राप्त हक अधिकारको सुनिश्तिताको लागि सबै एकजुट हुनुपर्ने बताउनु भएको छ । नारीहरुको हक अधिकार प्राप्तिका लागि विगतमा भएको आन्दोलको नेतृत्व गरेर अग्रणी भूमिका खेल्ने महिला दीदी बहिनीहरुले खेलेको भूमिकालाई स्मरण गर्दै प्राप्त अधिकारको सुनिश्चिता र थप अधिकार प्राप्तिका लागि काम गर्नुपर्ने उहाँले बताउनुभयो । यस्तै, उपप्रमुख कार्कीले आफूहरुले महिलाहरुको आर्थिक, सामाजिक, राजनीतिक र सामाजिक न्याय सुनिश्चि गर्नका लागि काम गरिरहेको समेत बताउनु भएको थियो ।
विभेद अन्त्यका लागि सामाजिक र मानसिक चेतना परिवर्तन हुन आवश्यक छः प्रजिअ पहाडी
यस्तै, जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले सामाजिक विभेद अन्त्यका लागि सामाजिक र मानसिक चेतनाको स्तर परिवर्त हुन आवश्यक रहेको बताउनु भएको छ । समाजमा नारीमाथि हुने विभेद मात्र नभई विभिन्न वहानामा गरिने विभेद, कुप्रथा रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी पहाडीले त्यसको अन्त्यका लागि सामाजिक र मानसिक रुपमा परिवर्तन हुन आवश्यक रहेको बताउनुभयो । संविधानमा भएको व्यवस्थाले मात्रै यस्ता विभेद अन्त्य गर्न नसक्ने उहाँको भनाई थियो । अहिले राज्यले लिएको समावेशिताको नीति समानतासहितको समतामूलक समाजमा पग्ने मार्ग भएको उहाँले बताउनुभयो । शोषण, दमन, अन्याय र अत्याचारबाट प्रताडित व्यक्ति तथा समुदायलाई समानताको पहुँचमा पु¥याउने उद्देश्यका साथ राज्यले समावेशिताको सिद्धान्त संविधानमै व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी पहाडीले जिकिर गर्नुभयो । यो दिवसले सचेतना जगाउने र साझा अभियानमा सबैलाई गोलबद्ध गराउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।
यसैबीच, रामेछाप सुनापती गाउँपालिकामा नारी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । महिला सञ्जाल सुनापतीकी अध्यक्ष गोमादेवी ढुंगानाको अध्यक्षतामा मंगलबार एक कार्यक्रमको आयोजना दिवस मनाइएको हो ।

Leave A Reply

Your email address will not be published.