Explore the Radio Tinlal in shortly.

एमसिसीको विरोधमा हेटौंडामा शुक्रबार पनि विरोध

0

हेटौंडा : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा हेटौंडामा शुक्रबार पनि विरोध प्रदर्शन भएको छ।राष्ट्रवादी तथा वीर गोर्खाली नामक युवाहरूको समूहले सदनबाट एमसिसी पास गर्न नहुने भन्दै हेटौंडामा विरोध प्रदर्शन गरेका हुन्।सरकारले एमसिसी पास गर्न कसरत बढाएसँगै देशैभरको राजनीति तरंगित भइरहेको छ। हेटौंडामा पनि यसको विरोधमा दैनिकजसो प्रदर्शन हुन थालेको छ।बुधबार हेटौंडामा विपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन र युवा संघले विरोध प्रदर्शन गरेकोमा बिहीबार सत्ता गठबन्धन माओवादी र नेकपा एकीकृत समाजवादी निकट युवाहरूले विरोध प्रदर्शन गरेका थिए।शुक्रबार विरोध प्रदर्शन गरेका राष्ट्रवादी तथा वीर गोर्खाली नामक युवाहरूको समूहले एमसिसी संसद्‌बाट पास गर्न नहुने र सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग गरेका छन्।

Leave A Reply

Your email address will not be published.