Explore the Radio Tinlal in shortly.

रामेछापमा मिस्टर एण्ड मिस मोडल सिजन–३ र लिटिल मोडल अफ सिजन–२ प्रतियोगिता हुँदै

0

५ फागुन २०७८

रामेछाप – रामेछापमा मिस्टर एण्ड मिस मोडल अफ रामेछाप सिजन–३ र लिटिल मोडल अफ सिजन–२ प्रतियोगिता हुने भएको छ ।

जिल्लामा लुकेर रहेका प्रतिभाहरुको पहिचान गरी कला, गला, प्रतिभा र संस्कृतिको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देयले यो प्रतियोगिता गर्न लागेको किङस्टार क्रियशन प्रा.लि सुनापतिले जनाएको छ । बिहीबार मन्थलीमा पत्रकार सम्मेलन गरी किङस्टार क्रियशन प्रालिका व्यवस्थापक सुमन खड्काले प्रतियोगिताका लागि फागुन १ गतेदेखि आवेदन फारम खुलिसकेको बताउनुभयो । उहाँले फागुन १ गतेदेखि चैत २० गतेसम्म प्रतियोगीहरुलाई मन्थलीमा तयारी प्रशिक्षण प्रदान गरिने बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका १४ वर्षदेखि २९ वर्षसम्मका व्यक्तिहरुले मिस्टर एण्ड मिस मोडल अफ रामेछाप सिजन–३ मा भाग लिन पाउने छन् भने ६ वर्षदेखि १३ वर्षसम्मकाले लिटिल मोडल अफ सिजन–२ भाग लिन पाउने छन् । विगत तीन वर्षदेखि रामेछाप जिल्लामा यो प्रतियोगिता गर्दै आएको र पछिल्लो समय मिस्टर एण्ड मिस मोडलमा भन्दा पनि लिटिल मोडलमा सहभागिहरुको क्रेज बढेको उहाँले बताउनुभयो ।

प्रतियोगिताबाट उत्कृष्टतासहितको विजेता हासिल गर्ने व्यक्तिलाई नगद १५ हजार रुपैयाँ पुरस्कार सहित आकर्षक गिफ्ट ह्याम्प क्राउन ट्रफिबाट सम्मानित गरिने र उत्कृष्ट प्रतिभालाई म्युजिक भिडियो खेल्ने अवसर प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.