Explore the Radio Tinlal in shortly.

आगामी स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दिन्नः अध्यक्ष लामा

0

१४ फागुन २०७८
रामेछाप – रामेछापको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले आगामी स्थानीय तहको निर्वाचनमा आफूले उम्मेद्वार नदिने बताउनु भएको छ ।

तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप–२०७८ रामेछाप जिल्लास्तरीय अन्तरपालिका खेलकुद प्रतियोगिताबारे जानकारी गराउन सदरमुकाम मन्थलीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेका जिज्ञासामा अध्यक्ष लामाले यस्तो बताउनु भएको हो ।

आगामी स्थानीय तहको निर्वाचनमा आफू नउठ्ने उल्लेख गर्दै उहाँले पार्टीले संघीय वा प्रदेशको लागि टिकट दिए पछि नहट्ने बताउनुभयो । यसैबीच, अध्यक्ष लामाले अमेरिकी सहयोग परियोजना एमसीसीलाई पारित गर्न नहुने बताउनु भएको छ । यथास्थितिमा एमसीसी परियोजना पास गरिए राष्ट्रको लागि ठूलो घात हुने उहाँले बताउनुभयो । एमसीसीलाई पारित गर्ने दललाई नागरिकले हराएरै छाड्ने बताउँदै उहाँले राष्ट्रघाती परियोजनालाई कसैले समर्थन गर्न नहुने बताउनुभयो । अध्यक्ष लामाले प्रमुख प्रतिपक्षी दल एमालेप्रति लक्षित गर्दै संसदमा प्रतिनिधित्व गर्ने ठूला राजनीतिक दलले राष्ट्रिय महत्वको विषयमा केही नबोल्नु गलत भएको बताउनुभयो । राष्ट्रिय महत्वका विषयमा साना दलले मात्र नभई ठूला दलहरुले पनि कुरा उठाउनुपर्ने बताउँदै उहाँले ठुला राजनीतिक दलले कुरा उठाउने हिम्मत नगरेप्रति असन्तुष्टि जनाउनुभयो ।

यसैबीच, अध्यक्ष लामाले हाल प्रधान न्यायाधीश माथि लगाइएको महाअभियोग र एमसीसीका विषयमा सत्तारुढदलहरुको बीचमा देखिएको मतभेदका कारण आगामी स्थानीय तहको निर्वाचन नै सर्न सक्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.