Explore the Radio Tinlal in shortly.

गठबन्धनको सरकारले जनताको पक्षमा काम गर्न नसक्ने एमाले अध्यक्ष ओलीको दावी

0

२० फागुन २०७८
रामेछाप – नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले जनताको पक्षमा काम गर्न नसक्ने बताउनु भएको छ ।

रामेछाप र दोलखाको सीमा क्षेत्र शैलुङमा आयोजित शैलुङ साहित्यिक महोत्सवलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । अहिलेको सरकार जनताको सरकार नभएको बताउँदै उहाँले गठबन्धनको सरकारले जनताको पक्षमा काम गर्न नसक्ने बताउनुभयो । मुलुकको विकास र समृद्धिको पक्षमा काम गर्ने एमाले भएको अध्यक्ष ओलीले बताउनुभयो । मुलुकको विकास, समृद्धि र शान्तिको लागि एमालेले फेरी जित्नुपर्ने आवश्यक रहेको छ, उहाँले भन्नुभयो ।

देशमा सडक, यातायात, शिक्षा, स्वास्थ्य लगातका पूर्वाधार विकासकाको थालनी एमाले नेतृत्वको सरकारले गरेको अध्यक्ष ओलीले स्मरण गराउनुभयो । गठबन्धन सरकारले अराजकता निम्त्याउने काम मात्रै गरेको उहाँको आरोप थियो । आगामी निर्वाचनमा जनतालाई भोट हाल्दिनुप¥यो भनेर भन्नै नपर्ने बताउँदै उहाँले एमाले नेतृत्वको सरकारले गरेका कामको मूल्याङ्कनको आधारमा स्वतः जनताले मत दिएर आफूहरुलाई जिताउने समेत जिकिर गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.