Explore the Radio Tinlal in shortly.

बाल जीवन परिवर्तन केन्द्र नेपाल फाउण्डेशनद्वारा विपन्न कृषकलाई बङ्गुर र बाख्राका पाठापाठी वितरण

0

२५ फागुन २०७८
बाल जीवन परिवर्तन केन्द्र नेपाल फाउण्डेशनले दोलखाको जिरी नगरपालिका वडा नं. ७ र विगु गाउँपालिका वडा नं. ७ का विपन्न कृषकहरुलाई बङ्गुर तथा बाख्राका पाठापाठी प्रदान गरेको छ ।
दोलखा जिल्ला स्थायी घर भई हाल अमेरिका बस्दै आउनु भएकी पदमा प्रधानको समन्वयमा फाउण्डेशनकी संस्थापक अध्यक्ष अलिशा थापा (जोशी)ले ७ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्नु भएको थियो । सोही रकमबाट आज ९० वटा बङ्गुरका पाठापाठी खरिद गरी जिरी नगरपालिका वडा नं. ७ का ३० जना विपन्न कृषकहरुलाई प्रदान गरिएको बाल जीवन परिवर्तन केन्द्र नेपाल फाउण्डेशनका अध्यक्ष शान्ता नेपालीले बताउनुभयो । यस्तै, दोलखाको विगु गाउँपालिका वडा नं. ७ बस्ने कृष्ण कुमारी थामीलाई बोयर र खरी जातको ५० वटा बाख्राका पाठपाठी प्रदान गरिएको उहाँले बताउनुभयो । उनीहरुको आर्थिक जीवनस्तर उकास्न र जीविकोपार्जनमा थप टेवा पु¥याउने उद्देश्यले सहयोग गरिएको अध्यक्ष नेपालीले बताउनु भएको हो । अध्यक्ष नेपालीले सहयोगीदाता प्रधान र थापा दुवै जनालाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ । अध्यक्ष नेपालीका अनुसार यस संस्थाले बालबालिका, स्वास्थ्य, शिक्षा र कृषिको क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।
यस संस्थाले हालसम्म विभिन्न १० वटा जिल्लामा आफ्नो कार्यक्रममार्फत सहयोग प्रदान गरिसकेको छ । समाजसेवी थापा र प्रधान दुवै जना अहिले अमेरिकामा बस्दै आउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.