Explore the Radio Tinlal in shortly.

जिल्ला प्रहरी कार्यालय रामेछापले साँढे सात सयभन्दा बढी म्यादी प्रहरी भर्ना लिने

0

०४ चैत्र २०७८
रामेछाप
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय रामेछापले साँढे सात सयभन्दा बढी म्यादी प्रहरी भर्ना लिने भएको छ । आगामी स्थानीय तहको निर्वाचनको सुरक्षा चुनौतीलाई ख्याल गरी यस पटक रामेछापमा ७८५ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको जिल्ला प्रहरी कार्यालयले रामेछापले जनाएको छ । यसअघि नै प्रहरी प्रधान कार्यालयको सूचनाअनुसार म्यादी प्रहरी भर्ना हुन चाहने व्यक्तिले यही चैत्र ६ गतेदेखि ८ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ । प्रहरी प्रधान कार्यालयको निर्देशन अुनसार आवेदन लिएर चैत्र १३ गतेबाट भर्ना छनोट गरेर २२ गते अन्तिम नतिजा सार्वजनिक गरेर २८ गतेबाट तालिम सुरु गरिने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख राजकुमार थिङले बताउनुभयो । म्यादी प्रहरीले ४३ हजार ४४० रुपैयाँ एकमुष्ट तलब भत्ता पाउने छन् । जिल्लाको हकमा स्थानीय जिल्लाबासीलाई पहिलो प्राथमिकतामा राखिने उहाँले बताउनुभयो । म्यादी प्रहरीमा १८ बर्षदेखि ५४ बर्षसम्मका व्यक्तिले आवेदन दिन सक्ने छन् ।

Leave A Reply

Your email address will not be published.